आखिर मानिस कुनै काल्पनिक पात्र अर्थात्
भगवान बन्ने भन्ने कुरा कल्पनाको विषय बाहेक केही होइन । तर यो पढ्दा
तपाइँलाई अचम्म लाग्नसक्छ की अबका केही वर्षपछि मानिस भगवान बन्नेछ ।
एकजना इतिहासकारका अनुसार केही वर्षपछि
मानिसमा भगवान बन्ने तागत पलाउनेछ । २ सय वर्षपछि मानिसले आफुमा दैवी शक्ति
जुटाउने ती इतिहासकार बताउँछन् ।
यति मात्र होइन मानिसले पैसा खर्च गरेर आफ्नो सरीरको संरचना आफुले चाहेजस्तो बनाउन तथा बिगार्न पनि सक्नेछन् ।
पैसाकै शक्तिलाई उपयोग गरेर मानिसले मृत्युलाई पनि काबुमा लिने र जति चाह्यो उति बाँच्ने दाबी ती इतिहासकारको छ ।
पैसाकै शक्तिलाई उपयोग गरेर मानिसले मृत्युलाई पनि काबुमा लिने र जति चाह्यो उति बाँच्ने दाबी ती इतिहासकारको छ ।
इजरायलको जेरुसेलमस्थित हिब्रु
विश्वविद्यालयका इतिहासकार युवल नोह हरारीका अनुसार अबको २ सय वर्षपछि
पैसावालहरु अाफुलाई आफुले चाहेको लामो समयसम्म जिउँदै राख्न सक्नेछन् ।
बायोटेक्नोलोजी तथा जेनेटिक
इन्जिनियरिंगका माध्यमबाट यस्तो चमत्कार हुने दाबी इतिहासकारको छ । यसको
खर्च निकै धेरै हुनेछ । यस्तोमा पैसावाल मानिसहरु पैसाले नै जिवन तथा
मृत्युलाई काबुमा राख्नसक्ने हरारीको दाबी छ ।
उनका अनुसार २ सय वर्षपछि आधुनिक मानिस
यति सक्षम हुनेछ की बायोटेक्नोली तथा जेनेटिक इन्जिनियरिंगको प्रक्रियाका
माध्यमबाट ऊ भगवान जत्तिकै शक्तिशालीहुनेछ वा उसमा दैवी शक्ति हासिल हुनेछ
source :http://www.onlinekhabar.com/
source :http://www.onlinekhabar.com/
Post a Comment