0



pahiro
फाइल फोटो
२९ असार, गुल्मी। गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डमा अविरल वर्षासँगै पहिरोका कारण गत एक हप्तादेखि अवरुद्ध मोटरबाटो सञ्चालनमा आएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले तुराङ, जोहाङ र अश्लेवालगायतका गाविसका विभिन्न स्थानमा एक दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध बनेको थियो ।
जिल्लाको अति व्यस्त मानिने सोही कच्ची सडकखण्ड खुलाउन निरन्तर डोजरको लगाएर पहिरो फालेपछि अवरुद्ध मोटरबाटो मंगलबार साँझदेखि सञ्चालनमा ल्याइएको तम्घास–सिमलटारी सडक आयोजनाका इन्जिनियर चन्द्रेश्वर शाहले जानकारी दिए ।
मोटरबाटो सञ्चालन भएसँगै सयाँै सवारीका साधन बस, मालबाहक ट्रक, जिप, ट्र्याक्टरलगायतका सवारीसाधन सो बाटो हुँदै बुटवल, काठमाडाँै आवतजावत गरेको समेत इन्जिनियर शाहले जानकारी दिए ।
२०७३ असार २९मा प्रकाशित 



  source :http://www.onlinekhabar.com/

Post a Comment

 
Top