केही दिन पहिले एक जना महिला पोकेमन गो
खेल्नका लागि रुखमा चढेको भन्ने खबर आएको थियो । अहिले चाहीँ दुई दाजुभाई
यो गेम खेल्दै क्यानडाबाट थाहै नपाई अमेरिका पुगेको समाचार छ ।
आन्तरिक सुरक्षा, सीमा शुल्क तथा सीमा
सुरक्षा एजेन्सीहरुको हवाला दिँदै प्रकाशित समाचार अनुसार ती दुई
क्यानेडाली दाजुभाइ पोकेमन खेल्दै खेल्दै पत्तै नपाई देशको सिमा नाघेर
अमेरिका पुगेका थिए । अमेरिकी सीमा सुरक्षा बलका जवानहरुले गस्तीका दौरान
यी दुईजनालाई गिरफ्तार गरेका हुन् । त्यस बखत दुबै जना आफ्नो मोबाइलमा
पोकेमनमै मस्त थिए । उनीहरु दक्षिण क्यानडाको अल्बर्टा प्रान्तबाट
अमेरिकाको मोन्टानामा प्रवेश गरेका थिए र उनीहरुलाई क्यानडाबाट अमेरिका
छिरेको पत्तै थिएन ।
सुरक्षा कर्मीहरुले उनीहरुलाई नियन्त्रणमा लिएर पछि सामान्य सोधपुछ गरी उनीहरुको आमालाई जिम्मा लगाएको थियो ।
२०७३ साउन source :http://www.onlinekhabar.com/
Post a Comment