जमिनमुनि गाडेको ८ दिनपछि कुनैपनि ज्यूँदै
बाहिर निस्किन सक्छ भन्ने कुरा पत्यार लाग्न मुस्किलै पर्छ । तर चीनमा
यस्तो चमत्कार भएको छ ।
समाचार अनुसार लु फेंगलियान नामकी महिलाले
जंगलमा जडीबुटी खोजिरहेकी थिइन् । त्यहीँ बेला उनले बच्चा रोएको आवाज
सुनिन् । त्यो आवाज जमिन मुनिबाट आइरहेको थियो ।
उनी डराइन् र नजिकै रहेका एक बौद्ध
भिक्षुलाई बोलाएर सो कुराको जानकारी दिइन् । दुबैले बच्चाको रुवाइ सुनेपछि
एकिन भयो की कसैले बच्चालाई जमिनमुनि गाडेको छ ।
तत्कालै उनीहरुले पुलिसलाई खबर गरे ।
पुलिसलेे बच्चा रोइरहेको ठाउँमा खोसि्रएर हेरे । दुइ फुटमुनि खोसि्रएपछि
एउटा कागजको टोकरी फेला पर्यो । उक्त टोकरी खोलेर हेर्दा त त्यसभित्र एउटा
ज्यूँदो बच्चा भेटियो ।
समाचार अनुसार उक्त बच्चाको ओँठ काटिएको
हुनाले बच्चाकी हजुरआमाको त्यसलाई लिएर ज्यूँदै गाडेकी रहेछिन् । बच्चालाई ८
दिन पहिले नै जमिनमुनि गाडिएको बच्चाका आमाबुवाले बतएका छन् ।
जमिनमुनि भएपनि खुकुलो माटो तथा टोकरी
भित्र भएको कारण हावा छिरेको र स्वास फेर्न पाएका कारण बच्चा बाँचेको
हुनसक्ने डाक्टरहरुले बताएका छन् ।
वर्षाको पानी समेत परेकाले बच्चाले पानीको
थोपा खान पाएर उसको प्राण त्यतिका दिनसम्म धानिएको बताइएको छ । तर जे
भएपनि माटोमुनि एक नवजात शिशु यतिधेरै दिनसम्म बाँच्न सक्नु ठूलै
चामत्कारिक घटना भएकोमा सबै एकमत छन्source :http://www.onlinekhabar.com/
Post a Comment