0

football team_america_nepaliवाशिंगटन डिसी । लस एन्जेलसमा भएको प्रथम नेपलीज अमेरिकनको सम्मेलनको खेलकुद अन्तर्गत  सम्पन्न भएको अन्तिम चरणको पुरुष फुटबल प्रतियोगितामा न्युयोर्क नेपलिज फुटबल क्लब बिजयी भएको छ ।
उक्त प्रतिसष्पर्धामा न्युयोर्कको प्रसिद्ध फुटबल टोलिले बाल्टिमोरका सशक्त भकुण्डो टोलि बाल्टिमोर एथलेटिक क्लबलाई ५ गोल का बिरुद्ध सुन्य ले हराउदै नेपलीज अमेरिकन कन्भेन्सनको प्रथम स्थान हासिल गरेको छ ।
लस एन्जेलसको आर्कसिया क्षेत्रको मैदानमा भएको रोचक तथा प्रतिस्प्रद्धात्मक प्रतियोगितामा न्युयोर्क नेपलिज फुटबल क्लबले बिजयी हासिल गर्दै नगद ५ हजार डलर प्राप्त गर्ने भएको छ ।
यसै गरि बाल्टिमोरका सशक्त भकुण्डो टोलि उप बिजेता बन्दै २ हजार डलर नगद तथा पदक पाउने भएका छन् । फुटबल प्रतियोगितामा अमेरिका भरका ११ वटा समुहले भाग लिएका थिए । पुरस्कार वितरण आज समापन समारोहमा वितरण गरिने जानकारी युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष पासांग लामाले जानकारी गराए ।
युनाइटेड नेप्लिज एसोसिएसनको आयोजना प्रथम नेपलीज अमेरिकन कन्भेन्सन गत जुलाई २ देखि आज ४ सम्म रहने छ ।

 source :http://www.onlinekhabar.com/

Post a Comment

 
Top