0

feshaion -usaअमेरिका । अमेरिकाको एटलान्टामा सम्पन्न मिस तथा मिस्टर एएनएन २०१६ को उपाधि प्रतिस्ना थापा र तथा आशिष् श्रेष्ठले जितेका छन् । सन् २००८ देखि बाल्टिमोर एएनए सम्मेलन देखि सुरुवात भएको एएनएन फेशन एक्स्ट्राभेगंजा नामक कार्यक्रममा बिशेष आकर्षण रहदै आएको छ l पुरुष ६ र महिला ६ गरि जम्मा १२ जना प्रतिस्प्रद्धिहरु सहभागी भएका थिए ।
प्रतिस्प्रद्धिहरुमा क्रमस आशिष् श्रेष्ठ,अभिषेक श्रेष्ठ, अलिना नेउपाने,जेनिशा चन्द, निदार्शाना, निरज कर्माचार्य,प्रतिस्ना थापा, रोजन खत्री, रायन श्रेष्ठ, श्रद्धा उप्रेती “शर्मा”,शिर्पा शाक्य र विवेक श्रेष्ठ प्रतिस्पर्धी रहेको थियो l
उक्त फेशन एक्स्ट्राभेगंजा प्रतियोगितामा पहिलो चरणमा ६ बाट तीन-तीन जना छनौट गरी अन्त्यमा मिस र मिस्टर नेपाल छनौट गरिएको थियो ।
नेपाल बाट आएका पत्रकार भुषण दहाल ,एएनएका अध्यक्ष रोजर अधिकारी ,मिस नेपाल अर्थ २०१२, वोर्ल्ड मिस विश्वविद्यालय २०१६ को तेश्रो उप बिजेता नग्मा श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए ।


 source :http://www.onlinekhabar.com/

Post a Comment

 
Top