यो कुण्डमा ताली बजाउँदा पानी आफै
निस्किन्छ । पानी यति जोडसँग निस्किन्छ की मानौँ कुनै भाँडोबाट पानी
उम्लिरहेकेा छ । यतिमात्र कहाँ हो र यो कुण्डमा जाडो याममा तातो तथा गर्मी
याममा चिसो पानी निस्किन्छ ।
बोकारो सहरबाट २५ किलोमिटर टाढा रहेको यो
अनौठो कुण्डमा नुहाउनका लागि धेरै पर्यटकहरु आउँछन् । यो पानीमा नुहाएर
मागेको वरदान प्राप्त हुन्छ भन्ने मान्यता छ । यहाँको तातो पानीले नुहाउँदा
जिउका रोग पनि नास हुने विश्वास गरिन्छ । यो कुण्डलाई दलाही कुण्डको नामले
चिनिन्छ ।
आखिर यो कुण्डमा ताली बजाउँदा जमिनमुनिबाट
जोडसँग पानी माथि निस्किनुको रहस्य के हो भन्ने विषयमा वैज्ञानिकहरुले
खोजविन गरिरहेका छन् । ताली बजाउँदा ध्वनी तरंगले पानीको सतहमा समेत नगन्य
प्रभाव पार्नेमा यसरी जमिनमुनिबाटै पानी माथि आउने कुराको रहस्यक पर्दा
अहिलेसम्म खुन सकेको छैन ।
source :http://www.onlinekhabar.com/
source :http://www.onlinekhabar.com/
Post a Comment