चीनमा अहिले आफ्नो पिसाब पिउने एक
प्रकारको ट्रेण्ड नै चलेको छ । जिउलाई स्वस्थ राख्नका लागि आफ्नै पिसाब
पिउनका लागि प्रोत्साहन गर्न चीनमा एउटा संस्था नै खुलेको छ । जसको नाम हो
चिनिया युरिन थेरापी एसोसिएसन ।
चीनको उहान सहरको कंगयुयुयान क्षेत्रमा यो संस्था रहेको छ । यो संस्थासँग आबद्ध सबै मानिसहरुले आफ्नै पिसाब पिउने गरेका छन् ।
बाओ याफु र यी डोंगसान नामका दुइ
व्यक्तिले पिसाब पिउने यो अभियनको सुरुवात गरेका हुन् । यी दुइजना हरेक दिन
बिहान बिहान चिनिया युरिन थेरापी एसोसियसनको बाथरुमबाट निस्किन्छन् ।
उनीहरु बाथरुममा छिरेर कपमा पिसाब गर्दछन् र पिसाब लिएर बाहिर आउँछन् र
कपको पिसाब सनक्क पिउँछन् । पिसाब पिइसकेपछि निकै स्वादिलो पो छ त भनेर
आपसमा ।
युरिन थेरापी एसोसिएसन नामक संस्थाका
अनुसार मानिसको पिसाबले घाउ, कब्जियत लगायतका रोगबाट मुक्ति दिलाउँदछ ।
एसोसिएसनका सदस्यहरुले पिसाब पिउने मात्र होइन पिसाबले आफ्नो मुख तथा आँखा
पनि सफा गर्दछन् । अनुहारमा चमक ल्याउन तथा आँखाको ज्योति गुम्न नदिनका
लागि पिसाब निकै सहयोगी हुने विश्वास उनीहरुमा छ । स्मरण रहोस् भारतका
पूर्व प्रधानमन्त्री मोरारजी देसाइले समेत आफ्नै पिसाब पिउँदथे ।
यो संस्था सन् २००८ मा स्थापना भएको हो ।
तर यसलाई चीनको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म मान्यता दिएको छैन । सन्
२०१० मै यो संस्थाका सदस्य ८ सय पुगेका थिए अहिले १ हजार पुगिसकेका छन् ।
सदस्यहरु सबै बिहानै संस्थाको कार्यालयमा जम्मा भएर बाथरुममा गई कपमा पिसाब
फेरेर पिउँछन् । साथै उनीहरु विभिन्न खाले व्यायाम पनिसँगै गर्दछन् ।
source :http://www.onlinekhabar.com/
source :http://www.onlinekhabar.com/
Post a Comment