0
kardasiyanचर्चित अमेरिकी मोडेल किम कार्दाशिन उनको भिमकाय नितम्बबाट परिचित छिन् । उनै कार्दाशिनको नितम्बको सिको गर्दै दुनियामा विमान समेत तयार गरिएको छ । उक्त विमानले अब औपचारिक रुपमा उडान भर्दैछ ।
द फ्लाइंग बम नामक उक्त विमान आधा रकेट र आधा हवाइजहाज जस्तै हो । यदि यसको उडान सफल भएमा यसले उड्ययन क्षेत्रमा नयाँ क्रान्ति ल्याउने बताइएको छ ।
३२० फिटको यो एयरल्याण्डर १० ले यो गृष्मयाममा विभिन्न १० वटा परीक्षण उडान गर्नेछ । त्यस सँगै यो विश्वको सबैभन्दा ठूलो विमान बन्नेछ । एयरबस ए ३८० भन्दापनि यो विमान ठूलो आकारको छ ।
यो विमान जस्तोसुकै सतहमा पनि अवतरण गर्न सक्ने बताइएको छ । चाहे हिउँ होस् वा पानी । साथै यसले हावामा निरन्तर दुइ हप्तासम्म उडान भर्नसकछ ।
बेलायते बेर्डर्फडशायरस्थित कार्डिंगटनबाट यसले पहिलो पर्रीक्षण उडान भर्नेछ यसले ।


 source :http://www.onlinekhabar.com/

Post a Comment

 
Top