0

ladies_shariभारतको मध्य प्रदेशस्थित खरगौन जिल्लामा तलाकको लागि निवेदन दिने एक दम्पतिलाई अदालतले निकै रोचक शैलीमा मिलापत्र गराएको छ ।
सम्बन्ध विच्छेदका लागि अदालत पुगेका दम्पत्तिलाई अदालतले जुन तरिकाले मिलापत्र गराएको छ त्यो निकै रोचक छ । लोग्ने स्वास्नीबीच सम्झौता गराउनका लागि अदालतले सारी किनेर श्रीमतीलाई दिनका लागि पुरुषलाई आदेश दिएको छ र अदालत परिसरले लोग्नेले आफ्नी श्रीमतीलाई सारी उपहार दिएका छन् ।
अदालतको इजलासमा कुनै फिल्मको दृश्यजस्तै देखिन्थ्यो । सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेकी पत्नीलाई मनाउनका लागि सन्जू नामका ती पुरुषले सारी खरीद गरे र अदालतमा न्यायाधीशको अगाडि उपहार दिँदै भने: तिमी निकै सुन्दर छौ । जब यो साडी लगाउनेछौ तब अझै सुन्दर देखिनेछौ ।
खरगौन जिल्ला अदालतका मुख्य जिल्ला न्यायाधीश गंगाचरन दुबेले गत सोमबारको सुनुवाइका क्रममा मिलापत्रका लागि यस्तो जुक्ति अपनाए ।
तलाकका लागि निवेदन दिएकी रानू नामकी महिलाका कुरा सुनिसकेपछि न्यायाधीशले ती महिलाले एक्लोपन तथा उपेक्षाका कारण लोग्नेबाट डिभोर्स गर्न चाहेको पत्तो पाए ।
त्यसपछि उनले लोग्ने सन्जुलाई तत्कालै श्रीमती बजारबाट सारी किनेर ल्याएर दिन आदेश दिए । साथै श्रीमतीलाई सधै खुसी राख्न पनि आदेश दिए ।
लोग्नेले न्यायाधीशकै सामु आफ्नो प्रसंसा गर्दै सारी उपहार दिएर सधै खुसी राख्ने बाचा गरेपछि रानू पनि मख्ख परिन् ।
त्यसपछि रानू र सन्जुबीच डिभोर्स नगर्ने गरी मिलापत्र भयो । यो मुद्धाको फैसलाका क्रममा न्यायाधीशले लोग्नेलाई आदेश दिँदै भनेः महिलाहरुले दिनभर घरमा काम गर्दछन्, घर सम्हाल्छन् र त्यसक्रममा आफ्नो केयर कसैले गरोस् भन्ने पनि चाहन्छन् । त्यसैले लोग्ने भएर यति कुरा बुझ्नुपर्छ ।


 source :http://www.onlinekhabar.com/

Post a Comment

 
Top