२९ असार, मुगु । सोमबार राति परेको अविरल वर्षाले गमगढीमा रहेको सडक तहसनहस पार्नुका साथै सडक भएर बगेको बाढीले दिशा परिवर्तन गरी खेती लगाएको जमिनतिर बग्दा लाखौँको अन्नबाली नष्ट गरेको छ ।
बाढीले सदरमुकाम गमगढीमा रहेको गुम्बादेखि
जिल्ला अस्पताल जाने चोकसम्म करिब एक किमी लम्बाइ, एक मिटर चौडाइ र एक
मिटर गहिराइ भएको गल्छी बनाउँदा सडक तहसनहस भएको छ भने उक्त सडक भएर आएको
बाढीले ठिनीको भागतिरको जग्गा कटान गर्दा लाखौँको अन्नबाली नष्ट हुनुका
साथै जग्गा चिराचिरा पारेको छ ।
बाढीले जग्गामा लगाएको धान, कोदो, मकैलगायतको लाखौँ मूल्य बराबरको
अन्नबाली नष्ट गरेको स्थानीय लोकजङ्ग मल्लले बताउनुभयो । बाढीले नाउलामा
रहेको धारा र स्थानीय तेजबहादुर मल्लको घरको अगाडिको भाग पनि बगाएको छ ।सडक बिग्रिएपछि सदरमुकामको यो सडकमा यातायातका साधन चल्न सकेका छैनन् भने अतिसिकिस्त बिरामीलाई जिल्ला अस्पताल लैजान एम्बुलेन्स चल्न गाह्रो भएको छ ।
गमगढीस्थित गमगढी हावापानी केन्द्रका अनुसार सोमबार राति ४६ दशमलव ५ मिलीमिटर पानी परेको थियो ।
source :http://www.onlinekhabar.com/
Post a Comment