रासस
२०७३ असार प्रकाशित
२९ असार, पथरी (मोरङ) । मङ्गलबार २५ घरधुरीलाई जिल्ला विकास समिति मोरङ र केरौन गाविसको अनुदानमा सोलार वितरण गरिएको छ ।
प्रमुख अतिथि, ऊर्जा अधिकृत ज्ञानेन्द्र
सिंह र केरौन गाविसका अध्यक्ष हेमुलाल गौतमले संयुक्तरुपमा स्थानीयलाई
सोलार वितरण गरेका हुन् ।
सूर्यमानराज राईको सभापतित्व भएको उक्त
कार्यक्रममा केरौन गाविस सचिव हेमुलाल गौतम, आदिवासी जनजाति सङ्घ मोरङका
सचिव धनबहादुर घले, नेपाली काँग्रेस क्षेत्रीय सभापति मोहनविक्रम
कार्कीलगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
source :http://www.onlinekhabar.com/
Post a Comment