कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको
पहिलो नजर युवतीको कुन अंगमा पर्ला ? पहिलोपटक कुनै महिलालाई भेट्दा
पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ? धेरैको उत्तर हुनसक्छ वक्षस्थल ।
तर एक अध्ययनले भने यो कुरा झुटो सावित गरिदिएको छ । एक अन्तराष्ट्रिय
सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर
महिलाको आँखामा पर्दछ ।
पहिलो नजर महिलाको आँखामा जुधाइसकेपछि
पुरुषले त्यसपछि महिलाको कुन अंग हेर्छ होला ? यसमा पनि तपाइँको अनुमान
नमिल्न सक्छ । पुरुषले दोश्रो नजर महिलाको मुख अर्थात् मुस्कानमा लगाउँछ ।
तेश्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मर भन्दा तल्लो भागतिर पर्छ ।
डेलीमेलमा छापिएको खबर अनुसार सर्भेक्षणमा
सहभागि गराइएका ७० प्रतिशत पुरुषले पहिलोपटक महिलासँग भेट हुँदा आफ्नो
पहिलो नजर महिलाको आँखामा पर्ने बताए । बेलायती संस्था ड्रपले १ हजार पुरुष
र १ हजार महिलामा गरेको सर्भेक्षण अनुसार महिलाको वक्षस्थल पुरुषको
हेराइएको तेश्रो प्राथमिकतामा पर्छ ।
सर्भेक्षण अनुसार कतिपय पुरुषले महिलाको
वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन् । यी सबै कुरा राम्रो
लागेपछि मात्र पुरुषले महिलाले लगाएका लुगा तथा महिलाको उचाइमा ध्यान
दिन्छन् ।
पुरुषहरुले सबैभन्दा बढि बेवास्ता गर्ने
वा सबैभन्दा पछि हेर्ने अंग भनेको महिलाको नाक रहेछ । अध्ययन अनुसार
महिलाहरुले भने पुरुषको छातिमा पहिलो नजर पूराउँछन् । त्यसपछि पुरुषको उचाइ
तथा छालाको रंगमा ध्यान दिन्छन् ।
source :http://www.onlinekhabar.com/
Post a Comment