उद्देश्य के लिनु ? उडि छुनु चन्द्र एक
भन्ने गरिन्छ हामीकहाँ । तर पोल्याण्डकी एक युवतीले भने उडेर चन्द्रमा छुने
भन्दा पनि अझै कडा जस्तो लाग्ने उद्धेश्य लिएकी छिन् । २१ वर्षकी ती
युवतीले आफ्नो जिवनकालमा १ लाख जना पुरुषसँग ओछ्यान तताउने लक्ष्य लिएकी
छिन् । उनले आफ्नो यो लक्ष्य पूरा गर्नका लागि काम सुरुवात गरिसकेकी छिन् र
अहिलेसम्म केही संख्यामा पुरुषहरुलाई आफ्नो यौनको चपेटामा पारिसकेकी छिन् ।
एनिया लिसेवस्का नामकी ती युवती आफ्नो यो
लक्ष्य पूरा गर्नका लागि केवल पोल्याण्डका तन्नेरीसँग मात्र सुत्न
चाहँदैनिन् । विश्वका सबै देशमा पुगेर सबै देशका पुरुषसँग सम्भोगको स्वाद
चाख्ने चाहना उनको रहेको छ । उनले आफ्नो लक्ष्य पूरा गर्नका लागि हरेक
पुरुषलाई सम्भोगका लागि २० मिनेटको समय दिनेछिन् ।
आफ्नो ब्लगमार्फत उनले दिएको जानकारी
अनुसार आफ्नो सेक्स म्याराथनको सुरुवात उनले अघिल्लो महिना वार्सा सहरबाट
गरिसकेकी छिन् । अहिलेसम्म उनले २८४ जना पुरुषसँग सेक्स गरिसकेको बताइएको छ
। अझ रोचक कुरा त के छ भने जिवनकालमा १ लाख पुरुषलाई सम्भोगको अनुभव
दिलाउने लक्ष्य लिएकी यी तरुनीको ब्वायफ्रेण्ड समेत छ । आफुले यौनसुखका
लागि सम्भोग म्याराथन गर्न लागेको भन्दै आफ्नो कामलाई मन पराएर कसैले
आर्थिक सहयोग गर्न चाहेमा त्यो पैसा सामाजिक काममा लगाउने उनी बताउँछिन् ।
आफुले सेक्सलाई माया गर्ने तथा पुरुष र
हँसिमजाक आफुलाई मन पर्ने उनको भनाइ रहेको छ । उनले आफुसँग सेक्स गर्ने
हरेक पुरुषलाई २० मिनेटको समय दिने बताएकी छिन् । यस अर्थमा उनले १ लाख
पुरुषसँग सेक्स गर्दासम्म ३३ हजार ३ सय ३३ घण्टा उनले सेक्समै बिताएकी
हुनेछिन् । यसको अर्थ उनले लगातार सेक्स गरेमा पनि एक लाख जनासँग सेक्स
गर्न झण्डै ४ वर्ष लाग्नेछ । उनले आफ्नो योजना पूरा गर्नका खातिर हप्ताको
दुइ दिन सेक्सलाई छुट्टाएकी छिन् । २० वर्षमा १ लाख पुरुषसँग सम्भोग गर्ने
लक्ष्य लिएकी उनले हरेक शनिवार र आइतबार औषतमा १४।१४ जनासँग सेक्स गर्ने
योजना बनाएकी छिन् ।
२०७० भदौ मा प्रकाशितsource :http://www.onlinekhabar.com/
Post a Comment