अहिले पनि धेरै समयसम्म सुत्ने मानिसलाई
सोही कुम्भकर्णको नाम दिइन्छ । जति धेरै भएपनि रातभर त होला । तर यहाँ त
साँच्चीकै कुम्भकर्ण पो फेला पारिएको छ त । एउटी बेलायती युवती यस्ती
कुम्भकर्ण छिन् की उनी ६४ दिनसम्म सुत्छिन् अनि ६५ औँ दिनमा मात्र
ब्युँझिन्छिन् ।
२० वर्षकी निकोल नामकी यी युवतीमा क्लेन
लेभेन सिन्ड्रोम भन्न् रोग भएको डाक्टरहरुले बतएका छन् । यो समस्या भएका
मानिसहरुमा लामो समयसम्म सुत्ने आदत हुन्छ ।
निकोल ६ वर्षकी हुँदाबाटै एकपटक सुतेपछि
२२ देखि ६४ दिनपछि मात्र उठ्न थालेकी हुन् । सुरुमा उनी दिनमा १८ घण्टासम्म
सुत्थिन् । जुन विस्तारै बढ्दै गयो ।
उनलाई निद्राले पार्नु पिर पारेको छ ।
आफ्नो १४ औँ जन्मोत्सव मनाउन सबै साथीसँगीलाई बोलाएकी उनी आफु भने मस्त
निद्रामा परेकी थिइन् र साथीहरुसँग आफ्नो बर्थडे मनाउन पाइनन् । केही
समयअघि उनी निद्रामै रहेको बेला उनकी हजुरआमाको निधन भयो ।
एक रिपोर्ट अनुसार विश्वमा यस्तो रोग भएका मानिसहरुको संख्या झण्डै १ हजार मात्र रहेको छ ।
२०७३ साउन
Post a Comment