१. बेलायतको लण्डनस्थित
हट ट्युब सिनेमाको नाट्यशाला टब बनाइएको छ । उक्त टबमा टन्न पानी भरिएको
हुन्छ । उक्त पानीमा डुबुल्की मार्दै तथा नुहाउँदै तपाइँ साथीसँगै बसेर
फिल्म हेर्न सक्नुहुन्छ । त्यहाँ फिल्म हेर्दै टन्न सोमरसपान पनि गर्न
पाइन्छ ।
२.फिलिपिन्सको न्युपोर्ट
सिटीस्थित न्यूपोर्ट अल्ट्रा सिनेमा लग्जरी थिएटरको रुपमा रहेको छ र
पूर्णतया थ्री डी प्रविधिमा आधारित छ । ८० जना दर्शकको क्षमता रहेको उक्त
हलमा धेरैजसो जोडी नै जान्छन् । जहाँ गोपनीयताको पूर्ण ख्याल गरिन्छ ।
३.ग्रिसको ओलम्पिया
थिएटरमा दर्शकहरुलाई भव्य ओछ्यानमा सुतेर फिल्म हेर्ने मौका मिल्दछ । हरेक
ओछ्यानमा २ जना सुत्न पाउँछन् । सन् १९१० मा आर्किटेक्ट स्ट्याबरोस
क्रिस्टिडिसले यो थिएटरकोे डिजाइन गरेका थिए । वर्तमान थिएटरको डिजाइन भने
सन् १९५० मा गरिएको हो ।
४.पेरिसको मूभी थिएटर
पनि दुनियाको खास थिएटरको रुपमा मानिन्छ । यसमा डुंगाजस्तै सिट व्यवस्थापन
मिलाइएको छ । यो थ्री डी हल हो । कुनैपनि मूभी हेर्नु पहिले दर्शकलाई चश्मा
पहिराइन्छ ।
source :http://www.onlinekhabar.com/
source :http://www.onlinekhabar.com/
Post a Comment