१. भारतको
आन्ध्रप्रदेशमा रावणको ठूलो मन्दिर छ । रावणको पुजा गर्नका लागि त्यहाँ
मानिसहरु टाढा टाढाबाट आउँछन् । त्यस्तै कानपुर, विदिशा तथा मन्दोरमा पनि
रावणको मन्दिर रहेका छन् ।
२. भारतको मेसुरमा कौरवकी आमा गान्धारीको मन्दिर छ । उक्त मन्दिर सन् २००८ मा बनेको हो । मन्दिर बनाउन अढाइ करोड भारु लागेको थियो ।
३. भारतको केरालस्थित
कोल्लममा मलानादा नामको मन्दिर रहेको छ । यो मन्दिरमा दुर्योधनको पुजा
हुन्छ । यो शकुनी मन्दिरको नजिक छ । यो मन्दिरमा रातो कपडा, ताड तथा सुपारी
चढाएर पुजा गर्ने चलन छ । नजिकै रहेको शकुनी मन्दिरमा एउटा ढुंगा छ ।
जसलाई महाभारतमा दुष्टपात्र भनिने कौरवको मामा शकुनीले प्रयोग गरेको
विश्वास गरिन्छ ।
source :http://www.onlinekhabar.com/
source :http://www.onlinekhabar.com/
Post a Comment