0


embryo_selection_for_ivf_light_micrographके कुनैपनि महिलाको आफ्नो पतिको मृत्युपछि पतिको शुक्रकिटमाथि पनि अधिकार रहन्छ ?
भारतको सबैभन्दा ठूलो सरकारी अस्पताल एम्सका डाक्टरहरुको अगाडि यहीँ प्रश्न तेर्सियो जब एक महिलाले आफ्नो मृत लोग्नेको पोष्ट मार्टमको समयमा मृत लोग्नेको शुक्रकिट निकालेर आफुलाई दिन आग्रह गरिन् ।
एम्मका फोरेन्सिक मेडिसिन विभागका प्रमुख डाँटर सुधिर गुप्ताका अनुसार ती महिला लोग्नेको मृत्युपछि पनि उनीबाटै बच्चाको आमा बन्न चाहन्थिन् ।
तर महिलाले भने अनुसार डाक्टरहरुले मृत पुरुषको शुक्रकिट निकाल्न इन्कार गरे । बच्चाको कानूनी अधिकार, पिताको इच्छा तथा आमाको जिम्मेवारीसँग जोडिएको विषय रहेको र यस विषयमा निर्देशिका बन्नु जरुरी रहेको भन्ने जवाफ आफुहरुले दिएको उनले बताए ।
मृत्युपछि पनि पुरुषको अण्डकोषमा शुक्राणुहरु केही समय जिवित नै रहन्छन् । तर मृत पुरुषको अण्डकोषबाट शुक्रकिट निकाल्ने बारेमा भारतमा अहिलेसम्म कुनैपनि कानून बनेको छैन । त्यहाँ शुक्रकिट दानको बारेमा त कानून छ तर त्यसले मृत लोग्नेबाट श्रीमतीले शुक्रकिट लिन पाउने कुरा उल्लेख छैन ।
यदि कुनैपनि पुरुषले आफु जिवितै छँदा दान गरेको शुक्रकिट भने उसको मृत्युपछि पनि प्रयोग गर्न पाइन्छ । तथापि उसले जिवित छँदा दानको घोषणा नगरेको अवस्थामा मरिसकेपछि उसको सरीरबाट शुक्रकिट निकाल्न पाउने व्यवस्था छैन ।
जर्नल अफ रिप्रोडक्टिभ साइन्समा छापिएको शोध अनुसार भारत सहित दक्षिण एसियाका नेपाल, भुटान तथा बंगलादेश लगायतका कुनैपनि देशमा मृत पुरुषको शुक्रकिट निकाल्न सकिने प्रावधान छैन ।


 source :http://www.onlinekhabar.com/

Post a Comment

 
Top