यस पटक सिड्नीमा बीएमएस फिल्म्सको
ब्यबस्थापन र मोर्टगेट अम्पायरको सहकार्यमा आगामी जुलार्इ ३० तारिखका दिन
तीज धमाका हुने भएको छ । सिड्नीको हर्षभिलस्थित मराना अडोटोरियममा संन्चालन
हुने तीज धमाकाका लागि नेपालवाट चर्चित लोकगायक पशुपति शर्मा र मन्जु
पौडेल सिड्नी आउने भएका छन । साथमा नेपाली लोकलयमा स्थापित गायक नरेश
रेग्मीले पनि आफ्नो कला प्रस्तुत गर्नेछन कार्यक्रममा ।
बिदेशमा बस्ने नेपालीका लागि कला
संस्कृतिको जर्गेनाका साथै जमघट अनि आपसी सदभावको माध्यम हो सांस्कृतिक
कार्यक्रम, आयोजक बिरेन्द्रदीप मल्लले बताए । कार्यक्रममा बिशेषत प्रवासमा
बस्ने नेपाली दिदी बहिनीहरुको लागि तीज गीतका साथै अन्य लोकगीत र संगित
पस्कने कार्यक्रम रहेको मल्लले बताए । कलाकार र लोकगायनमा तिजको बिशेष
महत्व रहेको कार्यक्रममा आगन्तुक गायिका मन्जु पौडेलले अनलाइन खबरलाई बताइन
। मन्जुले भनिन, अस्ट्रेलिया गीत संगित मात्र होइन नेपाली कलाकारको पनि
दोस्रो घर बनिसकेको छ ।
चाडबाड र पर्वहरुसँग हाम्रो गीत संगितको
पनि साइनो गासीएको छ, हाम्रो नेपाली समाज तिजमा माइतीका संझना अनि राता
पहिरनका कथा अनि ब्यथा गाइने र सुनिने गरिन्छ । हामीले प्रवास रहेर पनि
आफ्नो चाडबाड र रीती रिवाज अनि परम्परालाई कायमै राख्नु महत्वपुर्ण कुरा
हो, लोक गायक नरेश रेग्मीले सुनाए । कार्यक्रम सिड्नी लगायत क्यानबेरा र
मेलवर्नमा समेत आयोजना हुने आयोजक मल्लले बताए ।
source :http://www.onlinekhabar.com/
source :http://www.onlinekhabar.com/
Post a Comment