बार्सिलोना स्थित नेपाली कन्सुलर,एनआरएनए
लगायत स्पेन स्थित संघ संस्थाहरुको बिशेष पहलमा सम्पन्न कार्यक्रममा नौमती
बाजा सहित,नेपाली कला र संस्कृति झल्कने साँस्कृतिक कार्यक्रमहरु समेत भए।
स्पेन स्थित नेपाली कलाकारहरु लगायत नेपाली पाठशाला स्पेनले बिभिन्न नृत्य
तथा गीतहरु प्रस्तुत गरे।
नेपाली हस्तकलाका सामग्रीहरु,नेपाली
पहिचान झल्कने पोशाकहरु,खादा,नेपाली झण्डाहरुले स्टलहरु सजिए। ईन्टरनेशनल
दोना भिदा,लाङ्टाङ् डिजास्टर, नेपाल केयर,अमिक्स डेल नेपाल र भिडा उटेल
जस्ता संस्थाहरुले पनि स्टल राखेका थिए।
राजदूत लुईटेल र उपाध्यक्ष पन्त द्वारा स्पेनबासी नेपालीहरुको प्रंशसा
फ्रान्सका लागि नेपाली राजदूत अम्बिका
देबी लुईटेलले औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै स्पेनबासी
नेपालीहरुले गर्दै आएका कामहरुको प्रंशसा गरेकी छन्।
कार्यक्रममा बार्सिलोना स्थित नेपाली
अबैतानिक बाणिज्य दूत लुईस बेल्बिस,गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय
समन्वय परिषद एकराज गिरीले बोलेका थिए। राष्ट्रिय समन्वय परिषद स्पेनका
अध्यक्ष तथा नेपाल प्रवद्वन कार्यक्रमका संयोजक मुक्त बहादुर गुरुङको
अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
२०७३ असार मा प्रकाशित source :http://www.onlinekhabar.com/
Post a Comment