मान्नुस् नमान्नुस् धेरै मानिसहरुको
नुहाउने बेला पिसाब फेर्ने बानी हुन्छ । त्यस्तै कतिपय मानिसको स्विमिंग
पुलमा पौडी खेलिरहेको बेला, खोलामा पौडि खेलिरहेको बेला पनि पिसाब फेर्ने
बानी हुन्छ । मानिसहरुले यसरी अनेक ठाउँमा पिसाब फेर्ने कुरालाई विभिन्न
मानिसले विभिन्न ढंगले व्याख्या गर्लान् । तर यसमा खास कारण हुन्छ ।
वास्तवमा जब मानिसको सरीर चिसो पानीमा
धेरै बेरसम्म चोपलिन्छ, तब मुत्रासयमा दबाब पर्दछ । सोही कारणले मूत्र
प्रणाली सक्रिय बन्दछ । त्यसैले नुहाउँदा वा पौडी खेल्दा मानिसलाई पिसाब
फेर्न मन लाग्छ ।
स्विमिंग पुलमा पिसाब फेर्ने फोहोरी
मानिसले हैरान पार्ने भएपछि धेरै स्विमिंग पुलमा तुर्काउने मानिसको पहिचान
गर्ने विधिको प्रयोग गरिएको हुन्छ ।
धेरै स्विमिंग पुलको पानीमा युरिन
डिटेक्टर डाइ नामक यस्तो रसायन राखिएको हुन्छ । यदि कोही मानिसले स्विमिंग
पुलभित्र पिसाब फेरेमा यो रसायन पानीसँग मिलेर पानीको रंग निलो बन्दछ ।
यसरी पानी निलो भयो भने स्विमिंग पुलमा कसैले पिसाब फेर्यो भन्ने थाहा
भइहाल्छ ।
२०७३ असार मा प्रकाशित source :http://www.onlinekhabar.com/
Post a Comment