२८ असार, सुर्खेत । नौ महिनासम्म कोखमा
राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने ? धेरै बाबु-आमाले छोराबाट
आत्मसन्तुष्टि चाहन्छन् । तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन्
जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् ।
यो कुनै नेपाली दन्त्यकथा होइन । कान्छा
छोरा-बुहारीले जंगलमा लगेर छाडेका सुर्खेतकी एक वृद्धाको गाउँलेले उद्धार
गरेका छन् र परिवारमा पुनःस्थापित गराएका छन् । साथै छोरा-बुहारीलाई
सार्बजनिक स्थानमा सजायँ पनि दिएका छन् ।
सुर्खेतको पश्चिम साल्कोटकी ७२ वर्षीया
बाटु अधिकारीलाई उनकै कान्छा छोरा-बुहारीले दुई महिना अघि छिमेकी गाविस
पोखरीकाँडा-३ को जंगलमा रहेको ओढारमा लगेर छोडेका थिए ।
बाटु अधिकारी
बृद्धा जंगलमा रहेको जानकारी स्थानीयले
दिएपछि सालकोट गाविसको विशेष पहलमा स्थानीयले उद्धार गरेका हुन् । आमालाई
जंगलमा छाडेका कान्छा छोरा-बुहारीलाई गाउँले भेला भएर कान समातेर उठबस
गराएका छन् र अबदेखि यस्तो कहिल्यै नगर्ने भनेर माफी माग्न लगाएका छन् ।
बाटु अधिकारीले जंगलबाट घरमा फर्किन पाएकोमा खुसी व्यक्त गरिन् ।
जंगलबाट उद्धार गरिएकी ७२ वर्षीया वृद्धालाई जेठा छोरा-बुहारीको जिम्मा लगाइएको साल्कोट गाविसका सचिव तिलकराम अधिकारीले जानकारी दिएsource :http://www.onlinekhabar.com/
Post a Comment